विदेशबाट आउनेका लागि होटल क्वरेण्टीनको मापदण्ड तोकियो, यस्तो हुनेछ होटल क्वरेण्टीनमा व्यवस्था

 भदौ १०, २०७७ बुधबार १३:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशबाट पीसीआर रिपोर्ट नलिई आउने यात्रुलाई राख्नका लागि होटल क्वरेण्टीनको मापदण्ड सार्वजनिक गरेको छ ।

होटल संघ नेपाल र होटल व्यवसायी महासंघले क्वरेण्टीनको रुपमा प्रयोग हुने होटलले सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र सञ्चालनमा ल्याउनुपर्ने जनाएको छ । पीसीआर रिपोर्ट सहज भएका देशबाट आउँदो भदौ १६ गतेदेखि नियमित उडान हुनेछ भने पीसीआर जाँच सहज नभएका देशबाट चार्टर्ड उडान हुनेछ ।

चार्टर्ड उडानमार्फत पीसीआर जाँच नगरी आएकाहरु आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ भने पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएकाहरु सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।

यस्तो छ होटलको मापदण्ड

होटल कम्तीमा पनि २० कोठाको हुनु पर्नेछ ।

स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट र कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुल्ला ठाउँ र बगैँचा भएको हुनुपर्नेछ । होटल क्वरेण्टीनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न जस्तै खाना, पानीजन्य कुराहरुसँगै स्वाब परीक्षणको नमूना संकलनका लागि पर्याप्त खुला ठाउँ हुनपर्छ ।

होटलको रुपममा टिभी र वाइफाइ अनिवार्य रुपमा हुनुपर्छ भने होटलको रुपममा अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था भएको हुनुपर्छ । खान तथा अन्य सेवाहरु कोठामा तथा प्यासेजमा मात्र प्रदान गर्न पाइने व्यवस्था गरिएको छ ।

होटलको प्रत्येक प्रस्थान कक्षमा साबुन पानीले हात धुने व्यवस्थाका साथै स्यानिटाइजरको व्यवस्था पनि हुन पर्नेछ । होटलले प्रदान गर्ने सेवाहरु सामूहिक रुपमा खान खाने स्थल बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरुपमा बन्द गर्नुपर्छ भने प्रत्येक कोठामा एक हप्तालाई पुग्ने गरी साबुन, टुटपेष्ट, ब्रस, हेण्डवास र टावेलको व्यवस्था हुनपर्छ ।

खर्चको विवरण उद्धार उडानमार्फत आउने हवाई यात्रुलाई होटल क्वरेण्टीनमा सात दिन बस्नका लागि होटलहरुले सरकारले तोकेअनुसारको शुल्क लिन पाउनेछन् ।

इकोनोमी वा पर्यटकस्तर होटल :

सात रात र आठ दिनको लागि बस्दा दुई जना बस्ने कोठाको लागि प्रतिव्यक्ति एक मुष्ट ११ हजार रुपैयाँ लाग्ने छ । यो रकम फिर्ता हुँदैन । एक जना मात्र बस्ने कोठाका लागि एकमुष्ठ १७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यो रकम पनि फिर्ता हुनेछैन ।

यो अवधिभन्दा बढी बस्न परेमा दुई जना बस्ने कोठाको प्रतिव्यक्ति एक दिनको थप १५ सय रुपैयाँ र एक जना मात्र बस्नको लागि २५ सय रुपैयाँ लाग्नेछ ।

स्टार बुटिक होटल :

यो होटलमा एक जना बस्ने कोठाको लागि चार हजार मात्रका दरले सात दिन बस्नबस्न पर्नेछ भने दुई जना बस्ने कोठाको लागि प्रतिव्यक्ति २५ सयका दरले शुल्क लाग्ने छ । सबै स्तरका होटल शुल्कमा एअरपोर्ट, होल्डिङ सेन्टरबाट सम्बन्धित होटलसम्म पिकअप खर्च समेत समावेश हुन्छ ।

उद्धार उडानबाट नेपाल आउने यात्रुले हवाई टिकटसँगै विभिन्न रंगको होटल भौचर पनि साथमा लिएर आउनु पर्छ । इकोनोमी, पर्यटक स्तरको होटमा बस्ने यात्रुले हरियो रंगमा सिंङ्गल वा डबल अकुपेन्सी लेखिएको भौचर ल्याउनु पर्छ । स्टार, बुटिक होटलमा बस्नका लागि निलो रंगमा सिंङ्गल वा डबल अकुपेन्सी लेखिएको भौचर ल्याउन पर्छ ।

तीन तारा वा त्यो भन्दा माथिल्लो तारास्तरको होटलमा बस्नेले बैजनी –पिंक) रंग भएको भौचरमा तीन, चार वा पाँच तारास्तर भनेर स्पष्ट खुलाई सिंङ्गल वा डबल अकुपेन्सी लेखिएको भौचर ल्याउन पर्छ । होटललाई तिर्नु पर्ने शुल्क यात्रुले पहिले नै बुझाउनु पर्नेछ ।

यसको व्यवस्था वायु सेवा कम्पनीले नै मिलाउने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ ।

विमानस्थलबाट होटलसम्म कुन दिन कसले यात्रुलाई लैजाने भन्ने पनि तोकिएको छ । जस अनुसार चार दिन नेपाल होटल संघले र तीन दिन होटल व्यवसायी महासंघले यातायातको व्यवस्था गर्नेछन्। तीन तारे वा त्योभन्दा माथिल्लो स्तरको होटलमा जान चाहनेका लागि पनि यी दुई संघले नै समन्वय गर्नुपर्नेछ ।

यी हुन् क्वरेण्टीनका लागि ताेकिएका हाेटल

तपाईको प्रतिक्रिया