म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डौ – संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतार रोजगारीमा म्यानपावर कम्पनीहरुको सिण्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले नेपालबाट कतारमा श्रमिक पठाउनका लागि केही म्यानपावर संस्थाहरु मात्र संगठित भई एकाधिकार कायम गर्न खोजिएको भन्दै उजुरी परेपछि समितिले छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावरले एकाधिकार कायम गर्न खोजेको भन्दै म्यानपावर व्यवसायीले समितिमा निवेदन दिएका थिए ।
समितिले १७ म्यानपावर संस्थाहरुलाई स्पष्टीकरण सोधी छानबिन तथा अनुसन्धान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
केही समय यता कतार रोजगारीमा श्रमिक पठाउन विभिन्न १७ वटा म्यानपावर कम्पनीहरुले एकाधिकार कायम गर्न खोजेको भन्दै म्यानपावर व्यवसायीहरुले आरोप लगाउँदै आएका छन् । नेपालमा रहेकाे कतारी दूतावास र कतार भिसा सेन्टरले मिलेमतोमा १७ वटा म्यानपावरको नाम छनोट गरी सिण्डिकेट कायम गर्न खोजेको भन्दै यसबारे तत्काल छानबिन हुनुपर्ने व्यवसायीहरुको माग छ ।