७२ घण्टाभित्रको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट नभइ ओमान जान नपाइने

 पुस १७, २०७७ शुक्रबार १२:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमान जाने नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ । पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको हुनुपर्नेछ ।

ओमानमा रहेको नेपाली दूतावासका अनुसार त्यहाँको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको हो ।

अब निशुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा पनि अनिवार्य साथमा हुनुपर्ने छ । 

यात्रा गर्नुपूर्व https://covid19.emushrif.om/traveler/travel ​ मा पीसीआर परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नुपर्नेछ । दूतावासका अनुसार पीसीआर परीक्षणको शुल्क २५ ओमानी रियाल रहेको छ ।

यस्तै ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा Tarassud+ एप डाउनलोड गरेको हुनुपर्नेछ । तर १५ वर्ष मुनिका बालबालिकाहरुलाई भने पीसीआर परीक्षण र एप अनिवार्य गरिएको छैन ।

यस्तै ओमानकाे नागरिक उड्ययन प्राधिकरणको स्वास्थ्य मापदण्ड अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वरेण्टीनमा बस्नुपर्ने दूतावासले जनाएकाे छ । 

तपाईको प्रतिक्रिया