‘जब पैसाले पैसा कमाउन थाल्छ, तब पैसा कमाउन हामीले काम गर्नु पर्दैन’

 फागुन ११, २०७७ मंगलबार १२:१२:२१ | सनत सापकाेटा
unn.prixa.net

अहिले हाम्रो समाज वैदेशिक रोजगारी र विप्रेषणसँग बढी जोडिएको छ  । वैदेशिक रोजगारी एउटा आम्दानीको स्रोत भएको छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणबाट धेरै घर परिवारले राम्रो लगाउन सकेका छन् । राम्रो खान सकेका छन् । घाम पानी छेक्ने बासस्थानको व्यवस्था गर्न सक्ने भएका छन् । बालबालिकाले पढ्न पाएका छन् । राम्रो अस्पतालहरुमा उपचार गर्न पाएका छन् । 

कुल ग्राहस्थ उत्पादनलाई हेर्दा पनि करिब एक चौथाई योगदान यसले गरेको छ । औपचारिक अनौपचारिक माध्यमबाट प्राप्त भएको विप्रेषणको ‘फ्लो’लाई हेर्दा वार्षिक रुपमा लगभग ९ खर्व रुपैयाँ प्राप्त भइरहेको छ । श्रम स्वीकृति लिएइको संख्यालाई आधार मान्ने हो भने ६० लाखभन्दा धेरै घर परिवार वैदेशिक रोजगारीमा जोडिनुभएको छ । तर पनि लामो समयसम्म वैदेशिक रोजगारी गरेर फर्कंदा पनि फेरि पनि वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता जिउँदै छ । 

वैदेशिक रोजगारी कुनै कारणले अवरुद्ध हुँदा परिवारको आम्दानी शून्य हुने सम्भावना छ । हाम्रो समाजमा अहिले पनि ठूलो संख्यामा एउटा समूह वित्तीय पहुँचबाट बाहिर छ । प्राप्त भएको विप्रेषणलाई सही सदुपयोग गर्ने हो भने परिवारले दिगो सम्पन्नता हासिल गर्न र पुनः वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक चक्रबाट छुटकारा पाउन सम्भव छ ।

सामी परियोजनाले सन् २०१४ देखि यो कार्यक्रम सुरु गरेको हो । पहिले खोटाङ, रामेछाप र सर्लाहीबाट सुरु गरेको थियो ।

यसको लागि प्रयास गर्न पर्छ भनेर नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी परियोजनाले वित्तीय साक्षरता कार्यक्रम अघि बढाएको छ ।

सामी परियोजनाले सन् २०१४ देखि यो कार्यक्रम सुरु गरेको हो । पहिले खोटाङ, रामेछाप र सर्लाहीबाट सुरु गरेको थियो । त्यो बेला दोस्रो चरण अन्तर्गत करिब ५ हजार जनालाई वित्तीय साक्षर बनाएका थियौं । अहिले तेस्रो चरणमा छौं । यसमा हामीले करिब ५० हजार व्यक्तिहरुलाई वित्तीय साक्षर बनाउने हाम्रो लक्ष्य छ । 

१५६ पालिकासँग सहकार्य

हामी अहिले ३९ जिल्लामा फैलिएका छौं । ३९ जिल्लाको १५६ पालिकासँग काम गरिरहेका छौं । यसमा वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारितालाई मध्यनजर गर्दै सल्यानको एउटा पालिकाले आफैंले बजेटको व्यवस्थापन गरेर पनि यसमा जोडिनुभएको छ ।

पालिकाहरुले वित्तीय साक्षरता कार्यक्रमलाई महत्वका साथ लिनुभएको छ । सामी परियोजनाको पाँचवटा महत्वपूर्ण कार्यक्रममध्ये वित्तीय साक्षरता कार्यक्रम पनि एक हो । धेरैजसो पालिकाहरुले आफ्नो सेवाप्रदायक संस्थामार्फत कार्यान्वयन गरिरहनुभएको छ भने केही पालिकाले आफैंले कार्यान्वयन गरिरहनुभएको छ ।

बचत भनेको भविष्यका लागि गरिन्छ र यो त्यागबाट पनि प्राप्त हुन्छ । बचतले मात्र पुग्दैन । बचतलाई लगानीमा परिणत गर्नुपर्छ । बचतलाई लगानीमा परिणत गरेको खण्डमा चाहिँ पैसाले पैसा कमाउने काम गर्नसक्छ । जब पैसाले पैसा कमाउने काम गर्छ तब हामीले काम गर्नु पर्दैन ।

सामी परियोजना सँगसँगै पालिकाहरुले विभिन्न कार्यक्रमहरुमार्फत पनि यो कार्यक्रमलाई अघि बढाइरहनुभएको छ । पालिकाले सञ्चालन गर्ने विभिन्न सीप तालिम, आयआर्जनको तालिममा पनि यो कार्यक्रममालाई समावेश गर्नुभएको छ । अनुदान दिँदा वा आर्थिक सहयोग गर्दा पनि वित्तीय साक्षर बनाउने काम गरिरहनुभएको छ । 

सबै व्यक्तिले आय आर्जन गर्ने उमेर क्षमता र परिवेश एकै हुँदैन । सबै व्यक्ति सधै आयआर्जन गर्न सक्ने परिवेश अनकूल रहँदैन पनि । एउटा यस्तो समय आउँछ । जुन बेला हामीले हाम्रो स्रोत साधनहरुबाटे आफ्नो खर्च धान्ने गर्नुपर्दछ । वित्तीय साक्षरताको सबैभन्दा राम्रो पाटो भनेकै विशेषगरी बचत र लगानी हो ।

बचत भनेको भविष्यका लागि गरिन्छ र यो त्यागबाट पनि प्राप्त हुन्छ । बचतले मात्र पुग्दैन । बचतलाई लगानीमा परिणत गर्नुपर्छ । बचतलाई लगानीमा परिणत गरेको खण्डमा चाहिँ पैसाले पैसा कमाउने काम गर्नसक्छ । जब पैसाले पैसा कमाउने काम गर्छ तब हामीले काम गर्नु पर्दैन ।

विशेषगरी यस्तो उमेर या समय हुन्छ, त्यतिबेला हामी पैसाका लागि काम गर्छौं । तर कुनै बेला यस्तो समय पनि आउँछ, तब हामी पैसाका लागि काम गर्न सक्दैनौं । त्यसकारण हामीले यसो गर्नुपर्‍यो कि पैसाले पैसा नै कमाओस् । किनकी पैसा त बुढो हुँदैन ।

पैसाले काम गरिरह्यो भने हाम्रो भविष्य त्यतिबेला पनि सुरक्षित हुन्छ ।  त्यसकारण बचत र लगानी चाहिँ गरिरहनु पर्छ । व्यवहारगत कुरामा चाहिँ हामीले एउटा हाम्रो मानसिक सोचलाई पनि परिवर्तन गर्न आवश्यक छ । मानसिक सोच भन्नाले हामीले धन सम्पत्ति हेर्न दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्छ । 

हामी एउटा बैराग्यवादी सोच राख्छौँ, सम्पत्ति किन चाहियो, केका लागि चाहियो भन्छौं । कुनै व्यवसाय गर्ने कुरा आयो भने बजार राजनीति ठिक छैन अथवा पुँजी भएपछि मात्र गरौंला भनेर आफूले आफूलाई एउटा दायरामा राख्ने र डराउने गर्छौं । वित्तीय साक्षरताले यो मानसिकताबाट उठाएर मैले गर्‍यो भन्ने सम्भव छ भन्ने सकारात्मक उर्जा दिन्छ ।

परदेशीका परिवारका लागि वित्तीय साक्षरता कक्षा

वैदेशिक रोजगारीमा जाने र विप्रेषण प्राप्त गर्ने घर परिवारलाई बढी प्राथमिकतामा राखेर सामीले वित्तीय साक्षरता कक्षा सञ्चालन गरिरहेको छ । त्यसमध्येमा पनि दलित र जनजाति वर्गलाई अझ प्राथमिकतामा राखेका छौं । 
विप्रेषण प्राप्त गर्ने परिवारमा मनोसामाजिक समस्या पनि पाइएको हुँदा अहिले सामीले वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सँगैसँगै अघि बढाएको छ । 

वित्तीय साक्षरता कार्यक्रममा २४ वटा कक्षाहरू सञ्चालन हुन्छ । हप्तामा एक वटा हुन्छ । यसको अवधि लगभग २ घण्टाको हुन्छ । सहभागीको बुझाइको स्तर फरक फरक हुने भएकाले त्यसलाई मध्यनजर गर्दै र पारिवारिक सहयोग पनि अभिवृद्धि गर्नुपर्ने भएकाले वित्तीय साक्षरता सहजकर्ताले  घर घरमै पुगेर भेटघाट पनि गर्नुहुन्छ । 

जोखिमहरू कसरी पहिचान गर्ने, अथवा त्यसलाई कसरी घटाउने भन्ने विषयमा पनि कक्षामा सिकाइन्छ । साथै घरेलु हिंसा, लान्छना, विभेदका कुरा पनि यसमा समेटिएको छ ।

विप्रेषण प्राप्त गर्ने व्यक्तिहरुबाट चाहिँ एउटा कक्षाका लागि २४ जना छनोट गर्छौं । जो चाहिँ महिला, दलित, जनजाति र बढीभन्दा बढी प्राप्त विप्रेषणको सही सदुपयोगका बारेमा जान्न आवश्यकता रहेका व्यक्तिहरुलाई समुदाय भेलाबाट एउटा व्यवस्थापन समिति बनाएर त्यो व्यवस्थापन समितिबाट सहभागी छनोट गर्छौं । उहाँका लागि नियमित रुपमा कक्षा सञ्चालन गर्छौं । 

विशेषगरी परिवार व्यवस्थापनको, बालबालिका व्यवस्थापनको कुरा सिकाइन्छ । परिवार र बालबच्चाको व्यवस्थापन गरेर अघि बढ्नुपर्छ भनेर यसले भन्छ । 

वित्तीय लक्ष्य, आम्दानी र खर्चको विश्लेषण, बचत र ऋण भयो भने कहाँबाट ल्याउने भन्ने कुराहरुमा वित्तीय संस्थाको छनोट पनि सिकाइन्छ । त्यसपछि यदि बचत पनि भयो र ऋण ल्याउने ठाउँ पनि छ भने उद्यमशिलता या व्यवसाय, साना व्यवसाय कसरी विकास गर्ने विषय, उद्यमशिलता जोडिएपछि यसका जोखिम के हुन भनेर पनि यो कक्षामा सिकाइन्छ । पारिवारिक स्तरका जोखिमका विषयहरु, व्यवसायीक जोखिमका विषयहरु पनि कक्षामा छलफल हुन्छ ।

त्यस्ता जोखिमहरू कसरी पहिचान गर्ने, अथवा त्यसलाई कसरी घटाउने भन्ने विषयमा पनि कक्षामा सिकाइन्छ । साथै घरेलु हिंसा, लान्छना, विभेदका कुरा पनि यसमा समेटिएको छ ।

सबै जना वित्तीय साक्षर हुन आवश्यक छ


वैदेशिक रोजगारीबाट प्राप्त भएको रेमिट्यान्सको आधारमा परिवारलाई हेर्ने हो भने हामीले दुईखाले परिवारलाई भेट्न सक्छौं ।

एउटा खालको परिवारहरु जो प्राप्त रेमिट्यान्सको सही सदुपयोग गरेर अघि बढिरहेको हामीले पाउँछौँ भने अर्को चाहिँ धेरै परिवारहरु छन् जसले नियमित स्रोत हो भनेर नबुझेर आम्दानीको रुपमा लिएर खर्च बढी गरिरहनुभएको छ र बचत काम गर्नुभएको छ । उहाँहरूसँग व्यवसायिक ज्ञान पनि कमजोर छ । व्यवसायिक ज्ञान कमजोर हुनु अथवा पैसाको प्रयोगको ज्ञान कमजोर हुनु भनेको वित्तीय रुपमा साक्षर नहुनु हो ।

हाम्रो समाजमा त्यस्ता घर परिवारको सङ्ख्या चाहिँ अत्याधिक भएको कारणले गर्दा त्यसमा पनि दलित जनजाति समुदायमा यो ज्ञानको आवश्यकता छ ।

यदि हामीसँग भएको पैसा वा स्रोत साधनको परिचालनको ज्ञान कमजोर भयो भने पछि तपाईँ जुन उदेश्यले वैदेशिक रोजगारीमा जानुभएको थियो त्यो उदेश्य पूरा नहुन पनि सक्छ । सम्पन्नताको यात्रामा अघि बढ्न सकिन्छ भन्ने हुँदैन।

तर हाम्रो समाजमा त्यस्ता घर परिवारको सङ्ख्या चाहिँ अत्याधिक भएको कारणले गर्दा त्यसमा पनि दलित जनजाति समुदायमा यो ज्ञानको आवश्यकता छ ।

सामीले यो समुदायलाई प्राथमिकतामा राख्नुको उदेश्य पनि खास छ । विकासको परिवेशलाई हेर्ने हो भने पनि यो समुदायका मानिसहरु अलि पछाडि परेको भान हुने, वित्तीय पहुँच कमजोर हुने हुँदा जो वैदेशिक रोजगारीमा जानुहुन्छ, ऋण लिनुहुन्छ उहाँले विदेश जान पनि बैंक तथा वित्तीय संस्थाबाट लिन सकिरहनुभएको हुँदैन । आफूसँग पुँजी पनि छैन । 

महंगो दरमा ऋण लिनुभएको छ । खर्च पनि छ । सीप नसिकी गएकाले आम्दानी पनि कमजोर छ । त्यसकारण जोसँग सीमित वित्तीय स्रोत हुन्छ, उहाँहरुले सम्पन्नता प्राप्त गर्ने या गुणस्तरीय जीवन प्राप्त गर्ने सम्भावना पनि कम हुन्छ । त्यस्तो व्यक्तिहरुलाई चाहिँ अझ बढी प्राथमिकतामा राख्नुपर्छ भनेर यो वर्गलाई बढी प्राथमिकतामा राखिएको हो ।

उदाहरणका लागि एउटा मोबाइल या मोटरसाइकल लियौं भने फेरि पैसाले पैसा तान्छ । त्यसले पैसा फेरि फिर्ता गर्दैन । त्यसकारण त्यो निर्णय चाहिँ वित्तीय साक्षरताका लागि सकारात्मक निर्णय भएन ।

सामीले दलित, जनजाति, मुस्लिम समुदाय लगायतलाई प्राथमिकतामा राखे पनि यो शिक्षा हरेक परदेशीका परिवार जो विप्रेषण प्राप्त गर्नुहुन्छ उहाँहरुका लागि आवश्यक छ । यो वित्तीय ज्ञान र सीप हो । त्यसकारण सबैले हासिल गर्नुपर्छ ।  

किनभने हामी सबैले आर्थिक स्रोतको प्रयोग गरिरहेका छौं र हामी सबैको उदेश्य आर्थिक आय र जीवनलाई गुणस्तरीय बनाउने नै छ । जोसँग पैसाको प्रयोग गर्ने सीप छ उसले नै पैसालाई सही ठाउँमा प्रयोग गर्न सक्छ । पैसा सही ठाउँमा प्रयोग गर्न सक्नु भनेको पैसाले पैसा कमाउनु हो, पैसाले पैसा थप्ने ज्ञान हामीमा हुन आवश्यक छ । 

यदि त्यो ज्ञान सबैमा सबैमा हुने हो भने तपाईंहरु आफ्नो लक्ष्यतर्फ अघि बढ्न सक्नुहुन्छ । 

तर अहिले पैसा हामीसँग प्राप्त भएपछि त्यो पैसा के गर्ने भनेर हामी निर्णय लिन सकिरहेका हुँदैनौँ । जसको कारण हामीले पैसाले पैसा तान्ने क्षेत्रमा लगानी गर्छौं । जस्तो उदाहरणका लागि एउटा मोबाइल या मोटरसाइकल लियौं भने फेरि पैसाले पैसा तान्छ । त्यसले पैसा फेरि फिर्ता गर्दैन । त्यसकारण त्यो निर्णय चाहिँ वित्तीय साक्षरताका लागि सकारात्मक निर्णय भएन ।

वित्तीय स्रोत अथवा पहुँच हाम्रो हातमा हुँदा त्यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय लिन सक्ने ज्ञान र क्षमता चाहिँ हामी वित्तीय साक्षरतामा पाउँछौँ । 

कार्यक्रम प्रभावकारी

सामी परियोजनामार्फत सञ्चालित वित्तीय साक्षरता कक्षाको एकदमै राम्रो र सकारात्मक नतिजा देखिएको छ । परिवारका सदस्यहरूमा वित्तीय स्रोतका विषयमा विवाद अर्थात विदेशबाट पैसा आउनासाथ त्यसको प्रयोग कसले गर्ने भन्ने विषयमा एक हिसाबको द्वन्द्व हुन्छ त्यसलाई कम गर्नको लागि यो कक्षाले महत्वपूर्ण भूमिका खेलेको छ । 

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गर्न वित्तीय योजनाहरु बनाएको, वित्तीय योजना भित्र आम्दानी दिने योजना बनाएको, बचत बढाएको, भएका ऋण तिर्न सुरु गरेका, ऋण लिंदा व्यवसायिक ऋण लिन थालेको, आम्दानी बढाउने व्यवहार गर्न थालेको, जोखिम बढाउने व्यवहार कम गरेको पाइएको छ । 

हाम्रो अवस्था सधै एकै हुँदैन । भविष्यका लागि भनेर हामीले वैदेशिक रोजगारी या अन्य रोजगारीका उपायहरु अबलम्बन गरिरहेका छौं । हामीले आज काम गर्न सक्ने उमेरमा अथवा अहिलेको आय आर्जन गर्न सक्ने उमेरमा हामीले भविष्यका लागि पनि सोच्नुपर्दछ । त्यसका लागि सबैभन्दा पहिला, सम्पन्न र गुणस्तरीय जीवनका लागि आफूलाई तयार बनाउनुपर्छ । आफू कुन अवस्थामा छु, ऋण कति छ, आम्दानी कति छ, खर्च कति छ लगायतका कुराको विश्लेषण गर्नुपर्छ । 

खर्च कटौंती गर्दा पनि पुग्दैन भने स्वदेशमा रहने व्यक्तिहरुले पनि आम्दानीको कुनै उपायहरु गर्नु पर्‍यो । आम्दानी बढाउने र स्वावलम्बी हुने उपायहरूको खोजी गर्नु पर्‍यो ।

वित्तीय अवस्था कुन चाहिँ पाउन खोजेको हो, बचत कति गर्न खोजेको हो, मैले पाउन खोजेको उपलब्धि के हो भनेर त्यसलाई तय गर्नुपर्छ । त्यसका लागि आफूसँग बचत कति छ, अब मैले कति बचत गर्नुपर्छ लगायतका कुरा ख्याल गर्नुपर्छ अथवा कति अवधिमा त्यो उपलब्धि हासिल गर्न सक्छु भन्ने योजना बनाउनु पर्छ ।

बचतले पुग्दैन भने दुईवटा उपाय छ । कि त बचत बढाउन पर्‍यो कि त खर्च घटाउन पर्‍यो । खर्चहरूलाई पनि विश्लेषण गर्न सकिन्छ । मेरो लागि कुन खर्च आवश्यक हो भनेर छुट्याउन आवश्यक छ । अनिवार्य खर्चभन्दा बाहेक अन्य फजुल खर्च पो छन् कि भनेर सोच्नुपर्छ र फजुल खर्च बढी छ भने हामीले त्यसलाई बचतमा परिणत गर्न सक्छौं । 

खर्च कटौंती गर्दा पनि पुग्दैन भने स्वदेशमा रहने व्यक्तिहरुले पनि आम्दानीको कुनै उपायहरु गर्नु पर्‍यो । आम्दानी बढाउने र स्वावलम्बी हुने उपायहरूको खोजी गर्नु पर्‍यो ।

प्राप्त बचतलाई आधिकारिक बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्ने, बचत बढाउने, लघु उद्यम सुरु गर्ने,  आम्दानीले पुगेन भने ऋण लिने र ऋण लिँदा विशेषगरी व्यवसायजन्य या आम्दानी हुने प्रयोजनका लागि लिने, जोखिम निम्त्याउने व्यवहारहरुमा सतर्कता अपनाउने, स्वास्थ्य बीमा गर्ने लगायतका व्यवहार गर्ने गर्नुपर्छ । यो चाहिँ एक पटक गरेर पुग्दैन । यो व्यवहार नियमित रुपमा गर्दै जाने र सिक्दै अघि बढ्नुपर्छ ।

(सनत सापकोटासँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

सनत सापकाेटा

सापकोटा सुरक्षित आप्रवासन परियोजना (सामी) मा तालिम तथा वित्तीय साक्षरता कार्यक्रम संयोजक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया