सोमबारकाे तुलनामा विदेशी मुद्रा कमजोर

 जेठ २९, २०७५ मंगलबार १०:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २९ पैसा र विक्रिदर २९ रुपैयाँ ४५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९७ पैसा र विक्रिदर २७ रुपैयाँ १३ रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ २७ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ २६ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ७८ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ३७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया