राजकुमार थापा

प्रश्नः अहिले सरकारले श्रम स्वीकृति रोकेको खबर सुने । इपिएसबाट कोरिया गएको र बिदामा फर्किएकाले जान पाउछन् कि पाउदैनन् । कोरियाको हकमा भने पहिले नै पाँच वर्षको श्रम स्वीकृति दिइएको हुन्छ । यस्तो अवस्थामा म जान पाउँछु कि पाउँदिन होला ?


 

उत्तरः राजकुमार जी, हामीले तपाईँको जिज्ञासा, इपिएस कोरिया शाखाका बाबुराम घिमिरेसँग सोेधेका थियौं । उहाँका अनुसार, तपाईँको श्रम अवधि छ र भिसा कार्ड पनि छ भने तपाईँ अहिले जान पाउनुहुन्छ । तर श्रम सक्किएर फर्किएको हो र पुनः श्रम स्वीकृति लिनु पर्ने भएमा मात्र हो नपाउने । त्यसैले तपाईँको जिज्ञासा अनुसार, तपाईँ कोरिया फर्किन पाउने कोरिया शाखाका घिमिरेले बताउनुभएको छ ।