गोकर्ण बहादुर पुलामी / कतार

प्रश्नः हामी दसैंमा नेपाल फर्कने तयारीमा छौँ । अगस्तमा हाम्रो कतार आइडी पनि सक्किन्छ । अब अक्टोबरमा आउन हामीले केके तयारी गर्नु पर्छ ?


 

उत्तरः सरकारले  अन्तर्राष्ट्रिय उडान रोक्दासम्म स्वदेश फिर्तीका लागि चार्टर्ड उडाननै एक मात्र विकल्प हो । तर सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश  ल्याउनका लागि पठाउने जहाजमामार्फत स्वदेश फर्कनका लागि दूतावासले तोकेको प्राथमिकतामा पर्नुपर्छ । त्यसका लागि दूतावासमा फारम भर्नुपर्छ । दूतावासले तपाईँले भर्नुभएको विवरणको आधारमा प्राथमिकतामा पर्नुभयो भने स्वदेश फर्कन पाउनुहुन्छ । तपाईँले अक्टोबरमा फर्कने भन्नुभएको छ । समय अझैं बाँकी छ । त्यो बेलासम्ममा कोरोनाले सृजना गरेको यो अवस्था समान्य भएमा व्यवसायीक उडान खुल्न पनि सक्छ । त्यसैले तपाईँले कतारमा रहेको नेपाली दूतावासमा सम्पर्क गरेर बेला बेलामा जानकारी लिँदै गर्नुहोला । दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा  सम्पर्क गर्न सकिन्छ ।