राजु श्रेष्ठ/ मोरङ

प्रश्न: मैले दुवई जान मेडिकल गरेको छु। मेडिकलमा छातीमा दाग देखिएको छ। यो चिसो र धुँवा धुलोका कारणले हो भनिएको छ। त्यो दाग तत्काल औषधी खाएर हटाउन सकिएला ? दाग हटेपछि म दुवई जान पाउँछु ? उता पुगेपछि फेरी यो समस्या देखियो भने के होला ?


 

उत्तर: सुरेश पौडेल, केन्द्रीय प्रतिनिधि, नेपाल स्वास्थ्य व्यवसायी महासंघ – राजु जी यसलाई दाग भन्दा पनि प्लुरल थिकेनिङ भनिन्छ। फोक्सोमा पानी जम्ने समस्या हो। यसको तपाईंले आफै पनि उपचार गर्दा राम्रो हुन्छ। चिसोबाट बच्ने, सुख्खा खानेकुरा नखाने, झोल भएको खानेकुरा खाने, पानी धेरै पिउने, धुँवा धुलोमा ननिस्कने, निस्कनै परे मास्क लगाउने। यसो गरे तपाईंको समस्या आफै हल हुन्छ। तपाईंलाई छिटै सञ्चो हुनु छ भने डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्न सक्नु हुन्छ। यहाँ मेडिकल जाँच गर्दा फिट हुने, विदेशमा गर्दा अनफिट हुनुभयो र फर्कनु पर्यो भने तपाईंले सम्बन्धित मेडिकल संस्थाबाट क्षतिपुर्ति पाउनु हुनेछ।