मेघनाथ आचार्य / दौलतपुर

प्रश्न : मेरो साथी मलेसिया गएको थियो गएको आठ महिना पछि भदौ ६ गते उसको मृत्यु भएको थियो । अब त्यस कम्पनीबाट क्षतिपुर्ति पाइन्छ पाइदैन ? 


 

उत्तर : कुमुद खनाल, प्रथम उपाध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ -  अहिले सम्म वैदेशिक रोजगारमा जती पनी जानु भएको छ, उहाँहरुको हकमा कार्यस्थल दुर्घटना बिमाको मात्रै प्रावधान छ । मृत्यु कसरी भयो यकीन हुन सकेन । मृत्युको कारण थाहा नभई बिमा रकम पाइन्छ की पाइदैन यसै भन्न मिल्दैन । काम गर्ने अवधि भित्र (duty hour) मा मृत्यु भएको वा बाटोमा दुर्घटना भएको भए बिमा रकम पाउनु हुन्छ । मृत्यु भइसकेपछि लास पठाउनु अगाडी नै कम्पनीले बिमा सम्बन्धि सम्पुर्ण कागजात राजदूतावासमा बुझाइदिन्छ र इन्सुरेन्स कम्पनीले सम्पुर्ण रकम दूतावासलाई नै दिन्छ र दूतावासले परराष्ट्र मन्त्रालयमा पठाइदिन्छ । त्याहाँ बाट हकवालाले दावि गर्दा हुन्छ ।