मोहनप्रसाद कडेल / साउदी अरेविया

प्रश्नः हाम्रो बेसिक तलब किन जहिले पनि ७ सय मात्र होला ?


 

उत्तरः मोहनप्रसाद जि, तपाईँको सम्झौता पत्रमा कति तलब छ भन्ने कुरा खुलाउनु भएको छैन। तर तपाईँले यदी सम्झौता भन्दा कम तलब पाउनुभएको हो भने पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार तपाईँले स्वदेश फर्किएर पनि सम्झौता अनुरुपको तलब दावी गर्न पाउनुहुन्छ। तपाईँलाई पठाउने म्यानपावर कम्पनीले नै तपाईँले सम्झौता अनुसार नपाएको बाँकी तलब दिलाउँछ। तपाईँलाई काम गर्न मन छ भने त्यही कम्पनीमा काम गर्न सक्नुहुन्छ। र नेपाल फर्किएर बाँकी रहेको तलब दावी गर्न सक्नुहुन्छ। तर त्यसका लागि तपाईँले पाएको तलबको प्रमाण खुल्ने कागज जस्तै बैंक स्टेटमेन्ट, स्यालरी सिटहरु सुरक्षित लिएर आउनुहोला।