डिल्लीराज सेजुवाल

प्रश्नः म मलेसिया आएको एक वर्ष भयो। भनेजस्तो काम र दाम पनि पाएको छु। तर कम्पनीले मेडिकल गरेको छैन। यसमा के गर्न सकिन्छ ?


 

उत्तरः डिल्लीराज जी, पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार तपाईँले काम पाइराख्नु भएको छ। तर एक वर्ष बित्दा पनि कम्पनीले मेडिकल गरिदिएको छैन भन्दैमा तपाईँ मेडिकल अनफिट हैन। तपाईँको स्वास्थ्य राम्रो भएर तपाईँलाई कम्पनीले स्वीकार गरेर काम लगाएको हुन पर्छ। कम्पनीले मेडिकल गरिदिएको छैन भने त्यसमा तपाईँ जिम्मेवार हुनुहुन्न। रोजगारदाता स्वयम नै जिम्मेवार हुन्छ। तपाईँले आत्तिनु पर्ने अवसथा छैन।