नगिमा शेर्पा

प्रश्नः म एउटा महिला हुँ। वैदेशिक रोजगारीको लागि पोल्यान्डमा जानु कस्तो होला ? म वैदेशिक रोजगारीमा पोल्यान्ड जfन खोजेको तर म्यानपावरले भनेको समयमा काम नगरेको हुनाले म जान चहान्न। मैले एक लाख रुपैयाँ बुझाएको छु। त्यो पैसा फिर्ता हुदैन भन्छ। पैसा फिर्ता गर्नलाई के गर्नुपर्ला ?


 

उत्तरः नगिमा जी, तपाईँको इच्छा छ भने सरकारले रोजगारीका लागि खुल्ला गरेको १०७ वटै देशमा जान सक्नुहुन्छ। त्यो तपाईँको अधिकार हो। तपाईँले प्रक्रिया पनि अघि बढाउनु भएको रहेछ। म्यानपावरले लिएको पैसा फिर्ता गर्नका लागि म्यानपावर विरुद्ध काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा गएर उजुरी दिन सक्नुहुन्छ। तर त्यसका लागि तपाईँले म्यानपावरलाई बुझाएको पैसाको प्रमाण चाहिँन्छ। पैसा फिर्ता नहुने भन्ने हुँदैन। विभागले नै तपाईँको पैसा म्यानपावरबाट फिर्ता गर्न सहयोग गर्छ।