डिल्लीराज सेजुवाल / मलेसिया

प्रश्नः म मलेसिया आएको पनि तेह्र महिना भैसक्यो र मेडिकल पनि भयो तर कम्पनिले अहिले सम्म पास कार्ड दिएकाे छैन। मैले धेरै पटक फोन पनि गरिसके तर हुन्छ हुन्छ भन्छ टारिरह्न्छ। साथै नेपाल देखि आउदा गरेको एग्रिमेन्ट अनुसारकाे सेवा सुबिधा पनि दिदैन। मैले के गर्न सक्छु ?
 


 

उत्तरः तपाईँले सम्झौता अनुसारको तलब नपाएको हो भने तपाईँले नेपाल फर्किएर वैदेशिक रोजगार विभागमा म्यानपावर विरुद्ध निवेदन दिन सक्नुहुन्छ। तपाईँको सम्झौता अनुसार जति तलब पाउनुभएको छैन त्यो म्यानपावरले नै तपाईँलाई दिलाइदिनुपर्छ। तपाईँको सम्झौता पत्र र त्यहाँ पाएको तलबको कुनै प्रमाण सुरक्षित राख्नुहोला। कम्पनीले पास कार्ड नदिएको समस्याका लागि तपाईँले मलेसियामा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सक्नुुहुन्छ। नेपाली दूतावास मलेसियाको सम्पर्क ठेगाना:​

Wisma Paradise (Level 1, 3 and 9)
No. 63 Jalan Ampang
50450 Kuala Lumpur, Malaysia 
03-2020 1898
03-2020 1899Extension Numbers:Consular: 1, Passport: 2, Jail & Detention: 3, Labour: 4, Insurance & Deaths: 5 & Visa: 6