सन्जिब गिरी

प्रश्नः मसँग साथीले पठाएको भिजिट भिसाको म्याद एक महिना बाँकी छ । साथी पठाएको भिजिट भिसामा यूएई जान के के डकुमेण्ट चाहिन्छ ?


 

उत्तरः सन्जिब जी, भिजिट भिसामा यूएई जानका लागि सबैभन्दा पहिला त तपाईँको भ्रमणको उदेश्य प्रष्ट हुनु पर्‍यो । तपाईँ किन भिजिट भिसामा यूएई जान चाहानुहुन्छ ? तपाईँले दिएको कारण अध्यागमनलाई चित्तबुझ्दो हुन पर्छ । अर्को कुरा साथीले भिसा पठाएकाले तपाईँको साथीको पनि पासपोर्टको फोटोकपी, भिसाको कपि आवश्यक पर्छ । त्यस्तै तपाईँसँग यूएई जाने फर्किने दुईतर्फी टिकट अनिवार्य हुनपर्छ । यूएई गएर तपाईँ बस्ने र खाने ठेगाना पनि खुलाउन पर्छ । साथै तपाईँसँग एक हजार अमेरिकी डलर साथमा हुनुपर्छ । यदी तपाइँको भ्रमण उदेश्य अध्यागमनलाई चित्त बुझेन भने रोकिदिन पनि सक्छ । त्यसैले टिकट काट्नुअघि तपाईँ अध्यागमको कार्यालयमा गएर आफ्नो भम्रण उदेश्य बताउदै आवश्यक कागजातको बारेमा बुझ्दा राम्रो हुन्छ ।