सुरेन्द्र चन्द

प्रश्नः पहिलपल्ट यूएई जादैछुँ । सुरक्षा गार्डमा मेरो भिसा दुई महिनाको थियो । भिसा सेम्टेम्बर १२ सम्म मात्र छ । म्यानपावरले मलाई सेम्टेम्बर १० मा यूएईको फ्लाइट गराउदैछ । यसरी यूएई भिसा सकिन जम्मा २ दिन अधि मात्र पुग्दा मलाई समस्या त हुदैन ?  पहिलोपल्ट यूएई जादा भिसा सकिन कति दिन अधि गइसक्नु पर्छ ?


 

उत्तरः सुरेन्द्र जी, भिसाको अवधि बाँकी हुन दुई दिनअघि यूएई पुग्दा पनि कुनै समस्या हुँदैन । किनभने पहिलोपटक यएई जाँदै हुनुहुन्छ भने तपाईँसँग भएको त्यो पेपर भिसा हो । त्यसमा अवधि भन्ने हुँदैन । त्यसमा दुई महिना लेखेको हुन्छ । त्यसको अर्थ तपाईँ दुई महिना भित्र यूएई प्रवेश गरिसक्नुपर्छ । अनि गन्तव्य देशमा पुगेपछि चाहिँ पासपोर्टमा भिसा लाग्न सुरु हुन्छ । पेपरमा एक दिन मात्र भिसा बाँकी छ भने पनि सहज रुपमा प्रवेश गर्न पाइन्छ ।