सबिन भण्डारी

प्रश्नः मैले यूएईको भिसा अनलाइनमा चेक गर्दा एक्टिभ भएको देखाउँछ । भिसाको अवस्था, इस्यू डेट, भिसा सकिने अवधि पनि देखाउछ । तर म्यानपावरले भिसा आएको छैन भन्छ । भिसा आएर पनि म्यानपावरले रोक्ने मनसाय बनाएको भए त्यो भिसामा यूएई जाने अरु कानुनी बाटो हुन्छ कि हुँदैन ? भिसा आउँदा पनि म्यानपावरले मन लागे पठाउने मन नलागे नपठाउने गर्न पाउने अधिकार हुन्छ र ?


 

उत्तरः सबिन जी, तपाईँको भिसा एक्टिभ देखाएपछि म्यानपावरले त्यसरी ढाँट्न नपर्ने हो । म्यानपावरको मनसाय बुझ्न गाह्रो छ । म्यानपावरले नै डिमाण्ड ल्याएर त्यसै अनुसार कामदार पठाउने हुँदा  जाने बाटो अर्को हुँदैन । तर कानुन अनुसार कोही पनि कामदारको पासपोर्ट लिएर सबै प्रक्रिया गरेपछि म्यानपावरले पठाउदिन भन्न पाउँदैन । अनि म्यानपावरलाई जे मन लाग्यो त्यही गर्न सरकारले छुट दिएको पनि छैन ।

त्यसैले भिसा आउँदा आउँदै पनि उसले भिसा आएको छैन भन्न मिल्दैन । तपाईँले काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा गएर भिसा आउदा आउँदै पनि म्यानपावरले पठाउन नमानेको वा तपाईँलाई गरेको बाहानाबाजीबारे उजुरी दिन सक्नुहुन्छ । विभागले त्यही काममा अन्तिम श्रम स्वीकृती दिएर पठाउनका लागि आदेश जारी गर्नसक्छ । म्यानपावरसँग एकपटक राम्रोसँग कुरा बुझ्नुहोस् । अझ पनि त्यसै भन्छ भने विभागमा गएर उजुरी दिनुहोस् ।