लोकमनी अधिकारी

प्रश्न: मलेसियाबाट करार अवधि सकेर घर फर्केको कति महिना पछि फेरि जान मिल्छ होला ?


 

उत्तर: लोकमनी जी, मलेसियाबाट तपाईँ फर्किदा कसरी फर्किनुभएको छ त्यसमा भर पर्छ । तपाईँ फर्किंदा करार अवधि सक्काएर ‘चेक आउट मेमे’ लिएर फर्किएको हो भने फेरि अर्को प्रक्रिया गरेर जान मिल्छ । कहिलेकाही भने फर्किंनेबेला निश्चित समयसम्म फेरि फर्किन नमिल्ने भनेर तोकिएको हुन्छ । तर त्यसका लागि त्यहाँ नियम उल्ङघन गरेको वा कुनै कारबाहीमा परेको अवस्थामा मात्रै त्यस्तो हुन्छ । नत्र सामान्य अवस्थामा तपाईँ नेपाल फर्किएर जहिले जान चाहे पनि मिल्छ ।