सुदूरपश्चिम प्रदेश(नेपाली काँग्रेस)

नेपाली कांग्रेस नेपालका पुरानो राजनीतिक दलमध्येको मुख्य दल हो । विश्वेश्वरप्रसाद कोइरालाले वि.स. २००३ असोज १६ मा पटनाबाट प्रकाशित हुने द सर्च लाईट पत्रिकामार्फत भारतमा रहेका नेपालीहरूलाई सङ्गठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सङ्गठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ । भारतीय स्वतन्त्रता सङ्ग्रामका योद्धा समेत रहेका विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा वि.सं. २००३ कात्तिक १५ मा बनारसमा बस्ने नेपालीहरूलाई सङ्गठित गरी देविप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको स्थापना भएको थियो । 
पछि वि.सं. २००३ माघ १२ र १३ गते भारतको कलकत्ताको भवानीपुरमा रहेको खालसा हाईस्कूलमा भएको महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो । तर वि.सं. २००६ चैत २७ मा नेपाल राष्ट्रिय कांङ्ग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणपछि त्यसको नाम नेपाली कांग्रेस राखियो । त्यो महाधिवेशनले नेपाली कांग्रेसको पहिलो सभापतिमा मातृकाप्रसाद कोइरालालाई चुन्यो । 
अहिलेसम्म आइपुग्दा नेपाली कांग्रेसले सातजना सभापति फेरिसकेको छ । अहिले नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा आफ्नो दोस्रो कार्यकालमा हुनुहुन्छ । नेपाली कांग्रेसबाट अहिलेसम्म सात जना नेता नेपालको प्रधानमन्त्री बनिसकेका छन् । 
 

थप