गण्डकी प्रदेश(जनमत पार्टी)

जनमत पार्टी तराई र विशेषगरी मधेसका मुद्दालाई लिएर गठन भएको पार्टी हो । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच २०७५ फागुन २४ मा ११ बुँदे सहमति भएपछि त्यही साल चैत ४ मा सिके रावतले जनमत पार्टीको स्थापना गर्नुभएको हो । लोकतान्त्रिक समाजवाद, गणतन्त्रवाद र मधेसी अधिकार यो पार्टीको विचारधारा हो । मधेसका नागरिकलाई पनि आम नेपाली झैं व्यवहार गरिनुपर्ने विषयमा यो पार्टीको मुख्य जोड छ । यो पार्टीले रंगभेदका विरुद्ध प्रदर्शन पनि गर्दै आएको छ । यसको अध्यक्षमा सिके रावत हुनुहुन्छ ।

थप