कर्णाली प्रदेश(नागरिक उन्मुक्ति पार्टी)

नागरिक उन्मुक्ति पार्टी वि.स.२०७२सालमा कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका रेशम चौधरीले गठन गरेको पार्टी हो । रेशम चौधरीले वि.स. २०७८ पुस १९ मा आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको हो । टिकापुर घटनामा फरार रहेका चौधरीले २०७४ को चुनावमा प्रतिनिधिसभा सदस्य जित्नुभएको थियो । पछि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध हुनुभयो । राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी त्यही पार्टीमा हुनुहुन्थ्यो । तर थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएको भन्दै उहाँ आफैं दल खोल्ने निर्णयमा पुग्नुभएको हो ।

थप