प्रदेश नं. १(विवेकशील साझा पार्टी)

विवेकशील नेपाली दल र साझा पार्टीबीच वि.स. २०७४ साउन ११ गते एकीकरण भइ विवेकशील साझा पार्टी बनेको हो । तत्कालीन विवेकशील नेपाली दलका अध्यक्ष्य स्वर्गीय उज्वल थापा र साझा पार्टीका अध्यक्ष्य रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरूले पार्टी एकता गराएको दाबी गरेका थिए । तर बीचमा रवीन्द्र मिश्रले संघीयताको विपक्षमा बोल्न थालेपछि पार्टीभित्र विवाद सिर्जना भयो र मिश्रले पार्टीको परित्याग गरि राप्रपामा जानुभयो । यो पार्टीको अध्यक्षमा अहिले समीक्षा बाँस्कोटा हुनुहुन्छ । यो पार्टीले सामाजिक उदारवाद, सामाजिक लोकतन्त्र, प्रगतिवाद, लोकप्रियतावाद र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रहको विचारधारालाई अँगाल्छ ।

थप