लुम्बिनी प्रदेश(तराइ-मधेश लोकतान्त्रिक पार्टी)

नेपाली कांग्रेस परित्याग गरेर मधेस आन्दोलनमा लागेका महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) दर्ता गर्नुभएको थियो । पहिलो र दोस्रो संविधानसभा चुनावमा ठाकुर नेतृत्वको तत्कालीन तमलोपाले भाग लिएको थियो । दुवै संविधानसभा चुनावमा छुट्टाछुट्टै लडेका ६ वटा मधेस केन्द्रित दल वि.सं. २०७४ सालमा एकीकरण भएर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बनेको थियो । अहिले तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल हुनुहुन्छ । मधेसका तमाम आन्दोलन र संघर्षबाट प्राप्त समानता र सम्मान सहितको मधेसको पहिचानको निमित्त सबै एक ठाउँमा आउनुपर्ने आवश्यक भएकाले तमलोपा गठन गरिएको हो । यसको केन्द्रिय कार्यालय धनुषाको जनकपुरधाममा छ । 

थप