कर्णाली प्रदेश(साझा पार्टी नेपाल)

बीबीसी नेपाली सेवाका पत्रकार रविन्द्र मिश्रले पत्रकारिता छाडेर वि.स. २०७४ साल साउन ११ गते साझा पार्टीको स्थापना गर्नुभएको थियो । नेपालमा वैकल्पिक शक्तिको रुपमा यस पार्टीलाई लिइएको थियो । पछि विवेकशील नेपालसँग एकीकरण भएर यो पार्टी विवेकशील साझाको रुपमा आयो ।

तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै दस्तावेज ल्याएपछि तत्कालीन पार्टी संयोजक मिलन पाण्डेले समानन्तर गतिविधि थाल्नुभएको थियो । पछि पार्टीबाट कारबाहीमा परेपछि मिलन पाण्डेले आफ्ना निकट युवाहरुमार्फत साझा पार्टी नेपाल दर्ता गराउनुभएको हो । पार्टीका संस्थापक रविन्द्र मिश्रले भने यो पार्टी छोडिसक्नुभएको छ ।

थप