राजनीति
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा फुटको संघारमा
- Monday, Jun 08, 2015
- 18:08 PM ( 4 years ago )
- Total Views: 8.5 K
काठमाडों, जेठ २५ – संघीय व्यवस्थामा ८ प्रदेश बनाउने र प्रदेशहरुको सीमांकनको जिम्मा विज्ञको आयोगलाई दिने चार दलबीचको सहमतिलाई लिएर एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनमा चर्को विवाद भएको छ ।
सोमबार सिंहदरबारमा बसेको गठबन्धनको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमांकनको विवाद विज्ञको आयोगबाट टुंग्याउने गरी ८ प्रदेश बनाउने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग सहमति भएको जानकारी गराउनासाथ चर्को विवाद भएको हो । चार दलबीच भएको सहमतिप्रति केही मधेसवादी र जनजाती पार्टीका नेताले असन्तुष्टि जनाएका छन् ।
बैठकमा असन्तुष्ट पार्टीका नेताले सीमाको विवाद टुंग्याएर मात्र संविधान बनाइनुपर्ने भन्दै उधारो संघीयता सहितको संविधान कुनै हालतमा नमान्ने बरु गठबन्धनबाट अलग्गिने चेतावनी दिएका छन् । तर एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका पार्टीका नेताहरुले भने सहमति गर्दा लेनदेन गर्नुको विकल्प नहुने भन्दै ८ प्रदेशमा चित्त बुझाउनुपर्ने धारणा राखे ।
केही पार्टीका नेताले गठबन्धनबाट अलग्गिने चेतावनी दिएपछि गठबन्धनले संविधानका विवादित विषयमा भएको सहमतिप्रति सबै दललाई असहमति राख्ने स्वतन्त्रता दिने निर्णय गरेको छ । बैठकलगत्तै असन्तुष्ट केही मधेसवादी र जनजाती पार्टीले पत्रकार सम्मेलन गरेर गठबन्धनको निर्णयप्रति असहमति जनाएका छन् ।
उनीहरुले सीमांकनको विवाद नटुंग्याइ संविधान निर्माणको काम अगाडि बढाइए गठबन्धनको बैठकमा सहभागी नहुने र संविधानसभाबाट बाहिरिने चेतावनी दिएका छन् । तमलोपा, सद्भावना, मधेसी जनअधिकार फोरम लगायतका दलले गरेको पत्रकार सम्मेलनमा गठबन्धनका एक दर्जन दलका नेता सहभागी थिए ।
सम्बन्धित सामग्रीहरु
-
सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
काठमाडौं, जेठ १७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आफू रोएको भनेर सञ्चारमाध्यममा आएको खबर गलत भएको बताउनुभएको छ ।
-
अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
काठमाडौं, जेठ १७ – नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याउने काम गरेको आरोप लगाउनुभएको छ ।
-
सांसदलाई तह लगाउने बजेट आएको भन्दै संसदमै रोए सांसद
काठमाडौं, जेठ १७ – सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ ।
-
सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
काठमाडौं, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
-
नेकपाको नामबाट अण्डरलाइन हट्ने
काठमाडौं, जेठ १७ – एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस