दसैँ तिहारका लागि होटल जलमहलले ल्यायो आकर्षक अफर

 असोज २४, २०७५ बुधबार
unn.prixa.net

पोखराको घारिपाटनमा अवस्थित पर्यावरणीय रुपमा सुन्दर पारिवारिक होटल जलमहलले दसैँको अवसरमा भारी छुट ल्याएको छ । होटल जलमहलमा दसैँ तिहारको उपलक्ष्यमा आकर्षक छुटका साथ खाना तथा बस्नको राम्रो व्यवस्था गरिएको छ । 

नेपालकै सुन्दर नगरी पोखरा र पोखराको घारीपाटनमा अवस्थित होटल जलमहल परिवारसहित खाना तथा बस्नको लागि उपयुक्त होटलको रुपमा चिनिएको छ । होटल जलमहल पोखराको मुख्य बजारबाट अलि टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित छ । रङ्गीविरङगी फूलहरुको माझमा लोभलाग्दो ‘स्विमिङ पुल’ सहितको होटल जलमहल आन्तरिक तथा वाह्य पर्यटकको नजरमै पर्छ ।

जलमहलले दसैँको लागि भनेर दुईवटा फरक फरक प्याकेजको व्यवस्था गरेको छ । जसमा ‘बेड, ब्रेकफास्ट र फेस्टिभ फ्यामली प्याकेज’ र ‘दुई दिन र तीन रातको विशेष पारिवारिक प्याकेज’ ल्याएको छ ।

दुई दिन र तीन रातको विशेष पारिवारिक प्याकेज अन्तर्गत १३ हजार ९ सय ९९ मा दुईजना वयष्कले आफना दुईजना बच्चाको साथ जलमहलमा यो प्याकेजको फाइदा लिन सक्नेछन् । ‘सनराइज डिलक्स रुम’ नाम दिइएको प्याकेजमा विशेष कोठाहरुमा पाहुनालाई राखिने छ । जहाँबाट माछापुच्छ्र्र्रे हिमालको काखैमा सूर्य उदाएको मनोरम दृश्यावलोकन गर्न पाइन्छ । यो प्याकेजमा होटलको आफ्नै रेस्टुरेन्ट ‘हिमदृश्य’मा विशेष डिनरको व्यवस्था गरिएको छ । साथै यो प्याकेजमा स्विमिङ पुलमा भरपूर रमाइलो पनि लिन पाउनेछन् । यस प्याकेजमा परिवारलाई आगमनस्वरुप ‘वेलकम ड्रिङ्क’ को पनि व्यवस्था गरिएको छ ।

यस्तै बेड, ब्रेकफास्ट र फेस्टिभ फेमिली प्याकेजमा संख्याअनुसार विभिन्न किसिमको आकर्षणको व्यवस्था गरिएको छ । 

जलमहलका प्याकेजहरु

कटेज डिलक्स 

एकल–जम्मा रुपैयाँ ३७०० 
युगल–जम्मा रुपैयाँ ४३५०

सनराइज डिलक्स

युगल– जम्मा रु.५६००
थप एक बच्चा–जम्मा रु.१२५०
थप दुई बच्चा–जम्मा रु.६५०

जलमहल प्रिमियम

युगल–जम्मा रु.९३००
थप एक बच्चा–जम्मा रु.१५००
थप दुई बच्चा–जम्मा रु.१००

पाहुनाहरुलाई एरपोर्टबाट आउने र पुर्याउने काम होटलले नै गर्नेछ ।