नविन अधिकारी / युएई

म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु । नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्रयाक्ट अनुसार नै पाएको छु । समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ । यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ । विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ । साथै म सबै कानूनी प्रकृया पुर्याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ । सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव छ ।