सुशील न्यौपान

हामी पश्चिम नेपालमा छाउपडि र छुवाछुत जस्तो कुप्रथा कायम हुनुमा काठमाडौंमा बसेर त्याहाँका नागरिकको अज्ञानता, शिक्षा र जनचेतनाको कुरा गर्छाै । तर, काठमाडौं जस्तो शिक्षित र सभ्य मानिस बस्ने शहरको कुरा गरौ त । बाग्मति सरसफाई अभियान चलाएको बर्षाै भयो, फोहोर उठाइन्छ अनि अर्काे साता सोहि ठाउँमा फोहर जस्ताको त्यस्तै हुन्छ । सार्वजनिक ठाउँमा जथाभाबी फोहोर फाल्ने हामी काठमाडौं बासीले आफ्नो चेतना र बौद्धिकस्तरको मापन कसरि गर्ने ?