रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

 माघ ७, २०७५ सोमबार १६:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् । 

लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’

उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै डिभोर्सी ( पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका ) हुन् ।

रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलाे श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • महेश थापा

    Jan. 22, 2019, 9:28 p.m.

    खुसीको साथै दुखिको खबर पनि रहेको हुदा कचित कदाची फेरि येहि नदोहोरिओस र वैवाहिक जिवनको फेरि पनि शुभकामना।

  •  0 Reply
  • हेमराज आचार्य

    Jan. 21, 2019, 6:14 p.m.

    निजी जीवन को कुरा हो मन मिले पछि बिहे भयो दुवैको जीवन मिलन ले राष्ट्र लाई केही नयाँ दियोस्

  •  0 Reply

तपाईको प्रतिक्रिया