घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना

 साउन ७, २०७६ मंगलबार १८:२७:२० | देव पचभैया
unn.prixa.net

पाल्पा – अन्तिम संस्कारका लागि घाटमा  लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ ।

अन्तिम संस्कारका लागि भनदै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । ज्ञवालीको तानसेनकै युनाइटेड मिशन अस्पतालमा  १० दिनसम्म  उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले  सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो ।

वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको हल्ला चलेको थियो । त्यसपछि बिरामीका आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्‍याएका थिए ।

आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै  गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए । त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ ।

झाडापखालाकी बिरामी ज्ञवालीलाई मिर्गाैलामा समस्या देखिएको थियो । मिर्गाैलाकाे बिरामी भएको थाहा भएपछि ‘पैसाको अभाव छ’ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको  मिशन अस्पताल तानसेनले जनाएको छ  ।

अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिशन अस्पतालका अनुसार उनका श्रीमान सूर्यचन्द्र कँडेल, छिमेकी भानुभक्त भट्टराई, ओम पौडेल र थानेश्वर कँडेलले अस्पतालबाट बिरामी बुझेका हुन् ।

युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

2 Comments

  • इन्द्रप्रसाद घिमिरे

    Oct. 14, 2021, 11:22 a.m.

    एकदम सहि कुरा हिन्दु धर्म वैज्ञानिक छ!

  •  0 Reply
  • Bipin Ojha

    July 26, 2019, 10:54 a.m.

    केहि हप्ता अगाडि पवित्र अराध्यदेव पशुपति क्षेत्रमा टहलिने क्रममा NATHM बाट अाएको एक टोलीलाइ पशुपतिनाथ र हिन्दु धर्मबारे एक प्रशिक्षकले सुनाएका केहि कुरा छेउमा बसेर सुन्न पाएको थिएँ । . अार्यघाट र हिन्दु धर्ममा मृत्यु सँस्कारका बारेमा कुरा गर्दा उनले अन्य धर्मभन्दा हिन्दु धर्ममा अन्त्यष्टि गरिने तरिका वैज्ञानिक तवरको भएको भनेका थिए । अन्त्यको वखत तुलसीको मठमा राख्ने देखि जलाउँदा र अस्तुलाइ गंगामा विसर्जन गर्दा सम्म गरिने क्रियाकलाप र तिनको वैज्ञानिक महत्वका अाधारहरू पनि प्रस्तुत गरेका थिए । सबै तार्किक कुराहरू थिए । . त्यो तर्क मध्येको एक, जलाउन ल्याइएको लाशको खुट्टालाइ पानीमा भिजाएर राख्नु पनी वैज्ञानिक तरिका भएको, यसरी राख्दा पुर्ण रूपमा मानिस पुर्ण रूपमा नमरेको भए भिजाएर राख्दा पानीको चिसोले गर्दा जिवित रहेको लक्षण प्रस्तुत गर्ने सुनाएका थिए । परापूर्व कालमा डाक्टर र हस्पिटल नभएको बेला देखि हालसम्म यसरी कैयाैं व्यक्ति सजाइएको चिताबाट फर्कि सकेका छन् । हालको समयमा पनी पशुपतिको घाटबाट पनी फर्किएका उदाहरण छन् । . अहिले पाल्पामा पनि यहि घटना घटेछ - एक महिलालाइ चितामा राख्नु अघि मृत्यु सँस्कार गर्ने क्रममा पानीमा खुट्टा डुबाउँदा जीवित रहेको सँकेत दिइछिन । एकचोटि सोचैां त, यदि ती महिलालाइ अन्य धर्ममा झै मरेको सोचेर जिउँदै जमिनमा गाडेको भए?? . भागवानको दैवी शक्ति हैन, तर पनी विधि पालना गर्दा घाटा हुने केहि छैन । भनिन्छ, हिन्दु धर्ममा हरेक प्रश्नको जवाफ छ, भैातिक विज्ञान देखि जीवन विज्ञान सम्म र अझै धेरै । अाधुनिक ढोङ्गीहरूले अनावश्यक कुराहरूमा गलत व्यख्या गर्दै वदनाम गर्दै छन् । . साना साना कुरा सिक्ने क्रम जारी छ । घाटबाट फर्किएर दोश्रो जीवनका लागि अस्पतालमा सँघर्षरत पाल्पाकी महिला प्रति स्वास्थ्यलाभको कामना ।

  •  1 Reply

तपाईको प्रतिक्रिया