नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
इलाम – इलामको क्वरेण्टीनबाट भागेका युवक मङ्गलबार भेटिएका छन् । सोमबार राति क्वरेण्टीन वार्डको झ्यालबाट भागेका २२ वर्षीय सरोज अधिकारी इलाम नगरपालिका ९ को सिंहबाहिनी मन्दिरमा भेटिएका हुन् ।
मन्दिरको बाटो हुदैँ गोलाखर्कतर्फ जान लागेको अवस्थामा भेटिएका युवालाई फेरि क्वरेण्टीनमा लगेर राखिएको छ । अधिकारीलाई गएको आइतबार इलाम नगरपालिका ६ सिङ्गफ्रिङ्गमा रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वरेण्टीनमा राखिएको थियो ।
इलामको सन्दकपुर गाउँपालिका ३ सुलुबुङ्गका अधिकारी केही दिनअघि भारतको सिलिगुडीबाट नेपाल आएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपी) हीराबहादुर पाण्डेले जानकारी दिनुभयो ।