इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
बैदेशिक रोजगार विभागका अनुसार अहिले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक महिलाको संख्या बढेको छ । कोभिड १९ को महामारीले अर्थतन्त्रलाई अप्ठ्यारोमा पारेपछि महिला पनि बैदेशिक रोजगारीमा जान थालेका हुन् । यसलाई अवसरका रुपमा हेरिएता पनि अर्ध ज्ञान वा सूचना लिएर बैदेशिक रोजगारीमा जानाले महिला जोखिममा रहँदै आएका छन् । विभिन्न अध्ययन र अनुसन्धानले पुष्टि गरे अनुसार पुरा सूचना र सीप नभएकै कारण महिला शोषण र मानव बेचबिखनको जोखिममा परिरहेका छन् । कार्यक्रम देश परदेशको अंक ६७० मा हामीले बैदेशिक रोजगारीमा रहेका महिलाले भोगिरहेका चुनौती र अप्ठ्याराहरुको समाधानका उपायबारे महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समूह (एट्विन नेपाल) की कार्यकारी निर्देशक बेनुमाया गुरुङ्गसँग कुराकानी गरेका छौं ।