Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेश अंक_६७३

 नेपालबाट बैदेशिक रोजगारीमा जानेको संख्या दिनहुँ जसो बढिरहेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार दैनिक २ हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । बैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै बैदेशिक रोजगारीका नाममा हुने ठगी पनि बढिरहेका छन् । पछिल्लो ६ महिनामा मात्र विभागमा ५ हजार ११६ उजुरी दर्ता भएका छन् । यसमा कम्तिमा ५० करोड रुपैयाँ दाबी गरिएको छ । यसरी दाबी गर्नेहरू ३ लाखदेखि १५ लाख रुपैयाँसम्म ठगीमा परेकाहरू हुन् । विभागमा उजुरी दर्ता गर्ने दुई प्रकारका पीडितहरू छन् । एउटा जो वैदेशिक रोजगारीको क्रममा गन्तव्य देशमा पुग्छन् तर, उनीहरूको सम्झौता अनुसार काम, तलब र सेवा सुविधा फरक फरक हुन्छ र उपलब्ध हुँदैन । कार्यक्रम देश परदेशको अंक ६७३ मा बैदेशिक रोजगारी र विभिन्न तरिकाले हुने ठगीको विषयमा बैदेशिक रोजगार विभागको अनुगमन शाखाका निर्देशक टिकाराम ढकालसँगको कुराकानी समावेश छ ।