बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति
असार २५, २०८२ बुधबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
अहिले भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेको संख्या पनि उकालो लागेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । परिवारलाई चाँडो भन्दा चाँडो आर्थिक रुपमा सम्पन्न बनाउनका लागि बैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै भिजिट भिसाले सम्बन्धी चुनौती र गुनासोहरु बढेका हुन् । यससँग सम्बन्धीत गरिएका अध्यन अनुसार हरेक दिन, लगभग ४०० नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा जाने प्रयास गर्ने गर्छन् । अध्यन अनुसार यसो हुनुको दुई कारणहरु छन् । पहिलो, बैदेशिक रोजगारीका लागि जान मिल्ने देश र यस विषयसँग सम्बन्धित विषयबारे सचेतनाको कमी । दोस्रो, म्यानपावर, बिचौलियाहरू र ट्राभल एजेन्सीहरूको संलग्नता । आफू जान लागेको गन्तव्य देशबारे सहि सूचना नहुँदा वा बैदेशिक रोजगारीमा जाने सजिलो प्रक्रियाबारे सोच्दै गर्दा श्रमिकले आफू ठगिएको पत्तो पाउँदैनन् र अप्ठ्यारोमा पर्छन् । कार्यक्रम देश परदेशको अंक ६७४ मा भिजिट भिसा, मानव बेचबिखन र यस सम्बन्धी सूचना पहुँचबारे आप्रवासनविद् डाक्टर मिना पौडेलसँगको कुराकानी समावेश छ ।