अटो रिक्सा दुर्घटना हुँदा एक बालिकासहित ३ जनाको ज्यान गयो

 जेठ २७, २०७५ आइतबार १९:१०:१२ | उज्यालो सहकर्मी

सुर्खेत - सुर्खेतमा अटो रिक्सा दुर्घटना हुँदा आइतबार एक बालिका सहित ३ जनाको ज्यान गएको छ ।

पञ्चपुरी नगरपालिका–५ मुरमुरेमा भे १ ह २१३५ नम्बरको अटो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो ।

ज्यान जानेहरुमा पञ्चपुरी नगरपालिका ५ की २४ वर्षीया विनिता शाही र उनकी ९ महिनाकी छोरी प्रतिक्षा शाही र अटोचालक ३६ वर्षीय अशोक रावल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

त्यसै दुर्घटनामा परी तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा पञ्चपुरी नगरपालिका ५ की २४ भुमिसरा रावल, ४२ वर्षीय बिर्ख नेपाली र ३८ वर्षीया लक्ष्मी नेपाली रहेका छन् ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य चौकीमा उपचारपछि वीरेन्द्रनगर ल्याइएको प्रहरीले जनाएको छ । 

मृतकहरुको शब पोष्टमाटमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ वीरेन्द्रनगरमा ल्याइएको छ ।

बाबियाचौर बजारबाट तातोपानी जाँदै गरेकाे अटाे रिक्सा मुरमुुरेमा दिउँसो ३ बजे अटो दुर्घटना भएको थियो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया