नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

सुनसरीकाे हरिनगरकाे सबै र देवानगञ्ज गाउँपालिकाकाे १ र २ नम्बर वडामा निषेधाज्ञा

काठमाण्डाै – सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाकाे वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ ।

आज दिउँसो १२ बजेदेखि लागू हुने गरी अर्काे सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लागू गरेको हो । हरिनगर गाउँपालिकाको सबै क्षेत्र र देवानगञ्जको वडा १ र ७ मा निषेधाज्ञा जारी भएको हो ।

हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । दुवै पक्षको झगडाबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लगाएको कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिटपछि दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा भेला, प्रदर्शन, सभा सम्मेलन, धार्मिक कार्य गर्न प्रशासन कार्यायले राेक लगाएकाे छ । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
थप समाज