४८ घण्टाका लागि नेपाल-भारत सीमानाका बन्द

 मंसिर १, २०७५ शनिबार १०:५७:३७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – भारतको उत्तराखण्डमा भइरहेको स्थानीय निकाय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका सीमानाका ४८ घण्टाका लागि बन्द गरेको छ । 

भारतको उत्तराखण्ड राज्यअन्तर्गत १३ जिल्लामा आइतबार भइरहेको स्थानीय चुनावका लागि भारतले नेपालसँग नाका जोडिएको सीमानाका बन्द गरेको हो । 

भारतमा आइतबार स्थानीय निकायको चुनाव भइरहेका सीमा जोडिएका ठाँउमा ४८ घण्टाका लागि नाका बन्द गरेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो । 

यस्तै, कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भारतले शनिबार बिहान ६ बजेदेखि ४८ घण्टाका लागि भारतले नाका बन्द गरेको बताउनुभयो ।

भारतको उत्तराखण्डमा १३ जिल्ला पर्दछन् । जसअन्र्तगत नेपालसँग सीमा जोडिएको भारतको चम्पावत जिल्लाका चार स्थानमा आइतबार नगरपालिकाको चुनाव भइरहेको छ । 

यता, नेपालसँग सीमा जोडिएको भारतीय सीमावर्ती बजार बनबासामा पहिलो पटक नगर पञ्चायतको चुनाव हुँदैछ भने टनकपुरलगायतका अन्य स्थानमा नगरपालिकाको चुनाव भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया