डडेलधुरामा जीप दुर्घटना : दुई जनाको ज्यान गयाे

 मंसिर १, २०७५ शनिबार १२:११:२५ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेलधुरा – डडेलधुरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका-२, का २७ वर्षीय धर्मसिंह मडौ र  भागेश्वर गाउँपालिका-३, का गाडीधनी ४५ दीपेन्द्रबहादुर शाही रहेकाे प्रहरीले जनाएकाे छ ।

भागेश्वर गाउँपालिका वडा नम्बर -४, लाकम भन्ने ठाउँमा  उग्रतारा यातायातकाे म १ ज १८० नम्बरको जीप दुर्घटना भएको हो । 

दुर्घटनामा परि १७ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुकाे उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भैरहेकाे छ । दुर्घटनाकाे थप विवरण अाउन बाँकी नै छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया