तीन जना निर्विरोध भएपछि अब ४१ पदको लागि उपचुनाव, काठमाण्डौक...
मंसिर ८, २०८१ शनिबार
डोल्पा – हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको हो ।
निकुञ्जको संरक्षण क्षेत्र बाहिर वन क्षेत्रमा पहिलो पटक अत्याधुनिक प्रविधि क्यामेरा ‘ट्रयाप’ विधिबाट हिउँ चितुवाको गणना गर्दा देशमै सबैभन्दा बढी डोल्पामा हिउँ चितुवा भेटिएको हो । पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले जानकारी दिनुभयो ।
सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्र बाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रति एक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १ दशमलव ५ रहेको छ ।
विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा एसियाका १२ वटा राष्ट्रमा मात्र पाइने र त्यसमा पनि नेपालमै सबैभन्दा धेरै डोल्पामा रहेका शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
हिउँ चितुवाको सङ्ख्या बढ्दा पर्याप्त पर्यटन र आयआर्जनमा समेत टेवा पुग्ने संरक्षणकर्मीहरुको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।