प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ ।
एपीएफ मैदान हलचोकमा शनिबार भएको दोस्रो खेलमा आर्मीले च्यास युथ क्लबमाथि १–० को जित निकालेको हो । पहिलो खेलमा एनआरटीसँग बराबरी खेलेको आर्मीले शनिबार च्यासलमाथि पहिलो हाफमै अग्रता लिएको थियो ।
पहिलो हाफको २९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको आर्मीले अन्तिमसम्म उक्त अग्रता जोगाउन सफल भयो । आर्मीका लागि विकास खवासले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको च्यासलले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।