मनकारी अभिनेता सुशान्त सिंह जुटे क्यान्सर पीडित बालककाे ज्यान जाेगाउन

 मंसिर २, २०७५ आइतबार १९:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सुशान्त सिंह राजपूत एक यस्ता अभिनेता हुन जो अभिनय मात्रै नभई अप्ठ्यारोमा परेका मानिसहरुलाई सहयोग गर्न समत अघि बढ्छन् ।

हालै सार्वजनिक खबरहरुका अनुसार यसपटक पनि उनी कसैको मद्दत गर्न अघि सरेका छन् । केही दिनअघि एउटा संस्थाले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत क्यान्सर पीडित एक बालको तस्विर शेयर गरेर अभिनेता सुशान्त सिंह राजपूतलाई ट्याग गरेको थियो । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

May God bless my #Aaron . Please let me know how could I get in touch with him and the family. And thank you @kettoindia for sharing such timely and priceless information. Much love and prayers for the little one. I would request friends here to please pray and help in any way possible. ❤️🙏🏻 #Repost @kettoindia with @make_repost ・・・ (LINK IN BIO) Cute little Aaron was going about his playful life when devastating news about his blood cancer shattered everyone's spirit. Still somehow he manages to spread joy even through the unimaginable pain. His only wish is to meet his favourite actor @sushantsinghrajput https://bit.ly/2zcEa4F

A post shared by Sushant Singh Rajput (@sushantsinghrajput) on

सुशान्तले तस्विर देख्नेबित्तिकै तुरुन्तै सामाजिक संजालमा ती बालकको शीघ्र स्वास्थ्य लाभको शुभकामना दिए । यसका साथै उक्त संस्थालाई सम्पर्क गर्दै ती बालकको परिवारका बारेका जानकारीसमेत लिए । उनी छिट्टै ती बालकलाई भेटेर मद्दत गर्न चाहन्छन् । 

उनले ती बालकको बारेमा जानकारी दिने संस्थालाई धन्यवाद दिँदै आफ्ना फ्यानहरुलाई बालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्न अनुरोधसमेत गरेका छन् । 
सुशान्त यसपटक मात्रै नभई यसअघि पनि सहयोगका लागि अघि सरिसकेका छन् । केही समयअघि भारतको केरलामा आएको बाढीका कारण घरबारविहीन पीडितका लागि भनेर उनले १ करोड रुपैयाँ सहयोग स्वरुप  दिएका थिए ।

त्यतिबेला पनि सुशान्तको सहयोगी भावनाको मिडिया तथा समाजिक संजालमा मानिसहरुले निकै सराहना गरेका थिए । यतिबेला अभिनेता सुशान्त सिंह राजपूत उनी अभिनित फिल्म ‘केदारनाथ’ को प्रोमोशनमा व्यस्त छन् । 

यस फिल्ममा उनी अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको जोडीको रुपमा देखिनेछन् । २०१८ को डिसेम्बर ७ मा प्रदर्शन हुने फिल्म ‘केदारनाथ’ सारा अली खानको डेब्यू फिल्म हुनेछ । 

याे पनि पढ्नुहाेस्

सहयाेगी मनका धनी सुशान्त सिंह राजपुत

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया