सोमबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

 मंसिर ३, २०७५ सोमबार १०:५२:३ | उज्यालो सहकर्मी

काठमाडौं – हप्ताको दोस्रो दिन आज सोमबार पनि रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २४ र बिक्रिदर १० रुपैयाँ २९ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ९१ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०४ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३ सय ०६ रुपैयाँ ०५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया