बङ्ग्लादेशसँगको दोस्रो टी–२० क्रिकेटमा अमेरिका ६ रनले विजयी

 जेठ ११, २०८१ शुक्रबार ६:९:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – बङ्ग्लादेशसँगको दोस्रो टी–२० मा पनि अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्ग्लादेशलाई ६ रनले हरायो । आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्ग्लादेश र अमेरिकाले खेलिरहेको तीन खेलको टी–२० मा लगातार दोस्रो खेलमा पनि जितेर अमेरिकाले एक खेल अगावै श्रृङ्खला जितेको छ ।

अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बङ्ग्लादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । बङ्ग्लादेशका कप्तान नजमुल होसेन शान्टोले  सर्वाधिक ३६ रन बनाए । अमेरिकाका पेसर अलि खानले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले सर्वाधिक ४२ रन बनाएका थिए ।

श्रङ्खलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । अन्तिम खेल भोलि हुनेछ । बङ्ग्लादेश आउँदो टी–२० विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा छ । नेपाल र बङ्ग्लादेशबीचको खेल जुन १७ तारिख अर्थात असार ३ गते हुँदैछ । टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । अमेरिकाले आयोजकका रुपमा टी–२० विश्वकप खेल्न लागेको हो । अमेरिका समूह ‘ए’ मा छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया