नेपाल दाेस्राे अभ्यास खेलमा पनि विजयी, ह्युस्टन हरिकेन्स ९६ रनमै अल आउट

 जेठ १३, २०८१ आइतबार ६:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएकाे छ । याेसँगै नेपालले दुई खेलकाे शृङ्खला 'क्लिन स्वीप' गरेकाे छ ।

आज बिहान प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएकाे खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायाे । नेपालले दिएकाे १ सय २४ रनकाे सामान्य लक्ष्य पछ्याएकाे ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयाे । ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए । नेपालका करण केसीले ३, साेमपाल कामीले २ तथा कप्तान राेहितकुमार पाैडेल, अबिनाश बाेहरा र सागर ढकालले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विेकट गुमाउँदै १ सय २३ रन बनायाे । नेपालका राेहितकुमार पाैडेलले ३७, कुशल भुर्तेलले २३ रन बनाए । ह्युस्ट हरिकेन्सका शेख जुनियर र जिया शेहजादले समान २ विकेट लिए ।

हिजाे भएकाे पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।

क्यानडासँग भाेलि साेमवार र अमेरिकासँग मे ३० अर्थात् बिहीवार खेल्नेछ । त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया