मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – अस्ति बिहीवारको तुलनामा तापक्रम थोरै घटे पनि देशभर गर्मी उस्तै छ । पश्चिम तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ । हिजो नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जुन अस्ति बिहीवारको भन्दा १ दशमलव २ डिग्री सेल्सियसले कम हो । अस्ति बिहीवार नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको थियो ।
हिजो धनगढीको अधिकतम तापक्रम ४२ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । यस्तै दिपायलमा ४१ दशमलव २ र वीरेन्द्रनगरमा ४० दशमलव ४ डिगी सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनयता लुम्बिनी प्रदेश र सुदुपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा तातो हावाको लहर अर्थात ‘लू’ चलिरहेको छ । आज र भोलि पनि तातो हावाको लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र कपिलवस्तुमा तातो हावाको लहर अर्थात ‘लू’ को जोखिम छ ।
‘लू’ का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका स्वास्थ्य समस्या देखिन सक्छ ।
यसबाट बच्न गर्मीको समयमा घर भित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी, जुस तथा सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थयकर्मीसँग सल्लाह लिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।