भीरबाट खसेर एक महिलाको ज्यान गयो

 मंसिर ३, २०७५ सोमबार १९:३१:१९ | अमर सुनार
unn.prixa.net

दैलेख –  घाँस काट्दै गर्दा भीरबाट खसेर दैलेखमा एक जना महिलाको ज्यान गएको छ । 

भगवतीमाई गाउँपालिका–४, रुमीगाउँकी ३५ वर्षीया रुपा विक आज दिउँसो पाखोवाडा भन्ने ठाउँमा भीरबाट खसेर घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । 

भीरबाट झण्डै ४० मिटर तल खोल्सामा खसको १५ मिनेटमा स्थानीयहरु पुगिसक्दा उनको टाउको फुटेको र ढाड भाँचिएर घटनास्थलमै मृत अवस्थामा फेला पारेको बेस्तडा प्रहरी चौकीका निमित्त इञ्चार्ज लोकबहादुर ओलीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया