डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 जेठ २३, २०८१ बुधबार १२:१४:३६ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

डोटी – डोटीको जोरायल गाउँपालिका–१ खडिनामा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

दार्चुलाबाट धनगढीतर्फ गुडिरहेकाे जीप दुर्घटना हुँदा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र त्यही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा ज्यान गएको हो ।

आज बिहान भएको दुर्घटनामा घाइते भएकाहरूकाे स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा चालकसहित नौ जना सवार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया