खेल रद्द भएसँगै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा पुग्न असफल
जेठ ३, २०८२ आइतबार
मध्य गाजामा सयौँ विस्थापित मानिसले आश्रय लिएको संयुक्त राष्ट्र सङ्घको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा २० जनाभन्दा बढीको ज्यान गएको छ । आक्रमणमा अरू थुप्रै घाइते भएका छन् । इजरायली सेनाले विद्रोही समूह हमासले घेरेको संयुक्त राष्ट्र सङ्घीय विद्यालयमा आक्रमण गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।
इजरायली लडाकु विमानले नुसेरात शरणार्थी शिविरमा रहेको विद्यालयको माथिल्लो तल्लामा रहेको कक्षा कोठामा दुई वटा मिसाइल आक्रमण गरेको थियो । हमासको सञ्चार कार्यालयले भने इजरायलले गरेको नरसंहारमा कम्तीमा २७ जना मारिएका जनाएको छ ।
एम्बुलेन्स र उद्धार टोलीले घाइते र मृतकलाई नजिकैको अस्पतालमा पुर्याइरहेका छन् । हमास–इजरायल द्वन्द्व शुरु भएदेखि ७० वटाभन्दा बढी विदेशी सहायता संस्था र विद्यालय इजरायली आक्रमणमा परेका छन् । यो अवधिमा झन्डै एक सय ५० जना राष्ट्र सङ्घीय कर्मचारीको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।