भूटानलाई हराउँदै बङ्गलादेश २० वर्षमुनिको साफ महिला च्याम्पियन...
साउन २, २०८२ शुक्रबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब अमेरिका र युरोपेली देशहरूको नजिकै मिसाइल तैनाथ गर्ने चेतावनी दिनुभएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका सम्पादकहरूको छलफलका क्रममा रुसी राष्ट्रपति पुटिनले यदि अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई दिएका हतियारबाट रुसी भूमिमा आक्रमण भएमा अवस्था भयावह हुन सक्ने चेतावनी दिनुभएको हो । उहाँले युक्रेनलाई प्रयोग गरेर अमेरिका र युरोपेली देशहरूले रुसमा आक्रमण गर्ने योजना बनाएको भन्दै ती देशको नजिकै अन्तर महादेशीय आणविक मिसाइल तैनाथ गर्ने चेतावनी दिनुभएको रोयटर्सले जनाएको छ ।
रुसले कहिल्यै आणविक हतियारको प्रयोग गर्दैन भन्ने भ्रममा नबस्न पनि पुटिनले पश्चिमा देशहरूलाई चेतावनी दिनुभएको छ ।
केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूहरूले दिएको केही हतियार प्रयोग गरेर युक्रेनले रुसमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको थियो । यस्तै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई रुसी भू–भागमा आक्रमण गर्न पश्चिमी हतियार प्रयोगको अनुमति दिन सकिने बताउनुभएको थियो । तर यस्तो भएमा रुस चुप लागेर नबस्ने र पश्चिमा देशहरूले ठूलो मूल्य चुकाउनुपर्ने पुटिनको चेतावनी छ ।
कसैले रुसको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता खतरामा पार्ने कोशिश गर्छ भने रुसले आणविक हतियार प्रयोग गर्ने सम्भावना जहिले पनि जीवितै रहेको पुटिनले चेतावनी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।