'एप्पल' लाई उछिन्दै 'एनभिडिया' बन्यो विश्वकै दोस्रो मूल्यवान् कम्पनी

 जेठ २४, २०८१ बिहीबार १८:२५:३२ | एजेन्सी
unn.prixa.net

आईफोन बनाउने एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी 'एनभिडिया' विश्वकै दोस्रो मूल्यवान् कम्पनी बनेको छ ।

एनभिडियाको शेयर बुधवार पाँच प्रतिशतभन्दा धेरैले बढेर कम्पनीको बजार मूल्य ३० खर्ब १० अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको बीबीसीले जनाएको छ । एनभिडियाको शेयर मूल्य प्रतिकित्ता १ हजार २ सय २४ डलरभन्दा धेरै पुगेको छ ।

गएको मे महिनामा एनभिडियाको बजार मूल्य १० खर्ब डलर रहेकोमा गएको फेब्रुअरीमा १० खर्बले बढ्दै २० खर्ब लडर पुगेको थियो । त्यसको पछिल्लो चार महिनामै एनभिडिया ३० खर्ब डलरभन्दा धेरैको कम्पनी बनेको हो ।

सन् १९९३ मा स्थापना भएको एनभिडियाले भिडियो गेमका साथै चलचित्र, गीतसङ्गीत, टेलिभिजन क्षेत्रमा काम गर्दै आएको छ । पछिल्लो समय कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को चर्चा बढेसँगै एनभिडियाको बजार मूल्य पनि आकाशिँदै गएको हो । एनभिडियाले एआई क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई चिप उपलब्ध गराउँदै आएको छ । अहिले विभिन्न देशमा एआई क्षेत्रमा लगानी बढिरहेको छ ।

अहिले माइक्रोसफ्ट ३० खर्ब १५ अर्ब डलर बजार मूल्यका साथ शीर्ष स्थानमा छ । यस्तै एप्पल ३० खर्ब डलरसहित तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: साउन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया