सम्बन्ध विच्छेद गर्न पुरुष पनि अदालतमा

 मंसिर ४, २०७५ मंगलबार १२:१७:२४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नयाँ मुलुकी संहिता लागु भएसँगै रोल्पा जिल्ला अदालतमा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन थालेका छन् ।

वैदेशिक रोजगारीबाट पठाएको पैसा सदुपयोग नगरेको, घर व्यवहार राम्रोसँग चलाउन नसकेको भन्दै पुरुषहरुले सम्बन्ध विच्छेदका लागि निवेदन दिन आउने गरेको श्रेष्तेदार कृतिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

भदौ १ गते यता रोल्पा जिल्ला अदालतमा ८ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको श्रेष्तेदार बस्नेतले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया